प्रभु क्यापिटलकाे लगानी व्यवस्थापन सेवाको वार्षिक शूल्कमा आजीवन शतप्रतिशत छुट पाउने
काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा आफ्ना हितग्राही खातावालाहरुलाई वार्षिक शूल्कमा आजीवन १०० % छुटको अफर ल्याएको छ ।
“नयाँ वर्षमा प्रभु क्यापिटलको उपहार, वार्षिक शूल्कमा छुटको बहार” भन्ने नाराका साथ यो अफर जेठ महिना सम्म संचालनमा हुने क्यापिटलले जनाएको छ ।
यो अवधि भित्र डिम्याट खाता खोल्ने हितग्राहीले पनि लगानी व्यवस्थापन सेवाको फाईदा आजीवन वार्षिक शूल्कमा १००% छुट पाउन सकिने जनाएको छ ।
ग्राहकले ३ लाख रुपैयाँबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । ३ लाख रुपैयाँ ग्राहकले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सकिनेछ ।
क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई-मेलमार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ ।
ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि डिम्याट खाता खोलि यस योजनामा सहभागी भई आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।