विद्युत आपूर्ति नियमित गर्न उद्योग संगठन मोरङको माग
काठमाडौं । नेपाल उद्योग संगठन मोरङले विद्युत आपूर्ति नियमित गर्न माग गरेको छ । लामो समय देखि बजारमा ब्याप्त मन्दी, बैंकको चर्को ब्याजदर लगायत आन्तरिक तथा वाह्रय कारणले शिथिल वनेको उद्योग व्यवसाय क्षेत्रले २०७९ पुस महिनादेखि भोग्दै आएको विद्युतको अनियमित आपूर्ति, बारम्वारको ट्रिपिङ, लो भोल्टेज, पूर्व सूचना नदिई विद्युत कटौती जस्ता कारणले झनै मरणासन्न अवस्थामा पुर्याएको उद्योग संगठन मोरङले सोमबार बिज्ञप्ति मार्फत जनाएको छ ।
वर्तमान विषम परिस्थितीमा समेत आन्तरिक बजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्न, आयातित वस्तु माथिको परनिर्भरतलाई कम गर्न र रोजगारी सिर्जना गर्न सहयोग पुर्याउदै आईरहेका उद्योग व्यवसायविद्युत समस्याका कारण निर्वाध संचालन हुन सकेनन भने वन्द गरी उद्योगी÷व्यवसायी सडकमा आउनुको विकल्प नरहने तर्फ ध्यानाकर्षण गराउदै त्यसपश्चात उत्पन्न हुने विकराल अवस्था प्रति गम्भीर हुन संगठन सम्वन्धीत निकायमा अनुरोध गरेको उद्योग संगठन मोरङले जनाएको छ ।
विद्युत आपूर्तिमा आईरहने समस्याका कारण उत्पादन प्रकृया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मिलमेशिनेरी विग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाई भई अनावश्यक रुपमा संचालन खर्च तथा उत्पादन लागतमा वृद्धि हुदै गएको छ भने उत्पादित वस्तुको गुणस्तरमा र प्रतिष्पर्धात्मक क्ष्ँमता नै हस आईरहेको उद्योग संगठन मोरङको भनाइ छ । औद्योगिक क्षेत्रको निर्वाध संचालनका लागि अत्यन्त महत्वपूर्ण कम्पोनेन्टका रुपमा रहेको विद्युत आपूर्तिलाई कुनै पनि सूचना नदिई एवं विभिन्न कारण देखाई कटौति गरिदिदा उत्पादन लागतमा हुने वृद्धि केवल उद्योगको मात्र नभई राज्यको नोक्सानीका रुपमा समेत लिई यसतर्फ गम्भीर हुन संगठन अनुरोध पनि उद्योग संगठन मोरङले जनाएको छ ।
‘बर्तमान जटिल अवस्थाका वावजुद संचालनमा रहेका उद्योग प्रतिष्ठानले विद्युत आपूर्तिमा आईरहने समस्याका कारण भोग्नु परेको गम्भीर नकारात्मक प्रभावलाई दृष्टिगत गरी विद्युत प्राधिकरणले विद्युत आपूर्तिको समस्यालाई समस्याको रुपमा लिई यस्को उपयुक्त समाधान खोजी विद्युत आपूर्ति नियमित गरी सहज औद्योगिक वातावरण तयार गर्न संगठन अपिल गर्दछ,’ बिज्ञप्तिमा भनिएको छ ।