नेसनल माइक्रोफाइनान्सको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेसनल माइक्रोफाइनान्सको १५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपश्चात यसको सेयर भाउ प्रतिकित्ता १२ सय ४७ रुपैयाँ ८३ पैसा कायम भएको छ । अब आज सोमबार सोही मूल्यलाई आधार मानेर नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार खुल्नेछ ।
नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य १४ सय ३५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरेको हो । यस कम्पनीले वैशाख १५ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा धादिङ क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।