दोल्ती पावरको आइपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । दोल्ती पावर कम्पनीको आइपीओमा आवेदन दिने आज वैशाख ३ गते आइतबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।
दोल्ती पावरले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको छ । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गरेको छ ।
यो मध्ये ५% अर्थात् ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ ।
बाँकी १२ लाख ७१ हजार ८६१ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार वैशाख २ गतेसम्म १० लाख ७१ हजार ४९३ जनाले १ करोड १९ लाख ३० हजार ४७० कित्ताका लागि आवेदन दिइसकेका छन् ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा एनआइसी एसिया क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले दोल्ती पावरको आइपीओलाई औसत जोखिम आधार जनाउने ‘इक्रा एनपी डबल बी’ रेटिङ दिएको छ ।