नेसनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेसनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज वैशाख ३ गते आइतबार अन्तिम दिन हो । यस संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ वैशाख ४ गते बुक क्लोज गर्दैछ ।
तसर्थ, यस कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्नेछ । नेसनलले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५% बोनस सेयर वितरण गर्दैछ । कम्पनीले साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेका कारण लाभांशमा कर छुट हुनेछ ।
सोही कारण कर प्रयोजनका लागि नगद लाभांशको व्यवस्था गरेको छैन । उक्त लाभांश पारित गर्न यस कम्पनीले वैशाख १५ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा धादिङ क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।