जगदीश अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ विभूषणबाट सम्मानित

काठमाडौं । एन आई सी एशिया बैंकका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार जगदीश प्रसाद अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ विभूषणबाट सम्मानित भएका छन् । राष्ट्रपतिद्धारा एन आई सी एशिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार तथा प्रतिष्ठित उद्योगी व्यवसायी जगदीश प्रसाद अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान गरेका हुन ।
संविधान दिवसको अवसरमा २०७९ असोज ३ गतेका दिन घोषित उक्त सम्मानित विभूषण २०८० बैशाख १ गतेका दिन राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रदान गरेका हो ।
६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा खटिदै एक सफल उद्योगी व्यवसायीको स्थापित हुनुभएका अग्रवालले कुशल व्यवसायीक रणनीतिकार एवम् उत्कृष्ट व्यवस्थापकको रुपमा अनुकरणीय उद्यमशिलता मार्फत राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याउदै आएका छन ।
उन यस बैंकको पूर्व अध्यक्ष हुनुको साथै हाल विशाल ग्रपका अध्यक्ष पनि हुन । उनले मैनावती स्टिल इन्डष्ट्रिज, कमला आइरन एण्ड स्टिल इन्टरनेसल प्रा लि, कमला रोलिङ मिल्स प्रा।लि। तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै आएका छन । साथै, उनले बैंक, बीमा कम्पनी र अन्य वित्त कम्पनी मार्फत आम सर्वसाधारणको बैंकिङ्ग तथा बीमा पहुँच अभिवृद्धि गर्ने लगायत समग्र अर्थतन्त्र र आम जनमानसको वृहत्तर हितको लागि विशिष्ट योगदान पुर्याउदै आएका छन ।