बिग मार्टमा क्युआरबाट भुक्तानी गर्नेले १० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । बिग मार्टमा क्युआरबाट भुक्तानी गर्नेले १० प्रतिशतसम्म छुट पाउने छन् । नयाँ वर्षको दिनमा बिग मार्टबाट सामान किन्ने ग्राहकले क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत अर्थात १५० रुपैयाँसम्म छुट पाउने भएका हुन् ।
विद्युतीय कारोबारलाई प्रबर्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरी उक्त छुट दिने भएका हुन् । स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले बिग मार्ट को सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।
यो अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एभरेष्ट बैंक, हिमालयन बैंक, पेवेल, रेमिट्याप, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ । साथै, हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम १५० प्रतिशतसम्म छुट साथै अफर पनि कायम नै रहेको छ ।