उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत , उमेशले गरे समर्थन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत भएका छन्। बिहिबार साझसम्मको छलफलपछि दोस्रा चरणको चुनावमा नजाने सहमति भएको हो ।
योसँगै उमेशलाल श्रेष्ठ ब्याक भएका छन । पूर्व अध्यक्ष, बरिष्ठ उपाध्यक्षलगायत सहितको बैठकले अन्जनको पक्षमा सहमति बनाएको हो।
महासंघमा आवद्ध भएको २० वर्षपछि उनको काँधमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी आइपुगेको छ। तीन वर्षको वरिष्ठ उपाध्यक्षको कार्यकाल बेतिथ गरेपछि उनी विधानतः अध्यक्ष बन्ने छन्।
पहिलो चरणबाट रामचन्द्र संघई बाहिरिएपछि दोस्रो चरणको निर्वाचन दिउँसो २ बजे तोकिएको थियो। तर, अन्तमा दुवै पक्षबीच छलफल थियो । उनीहरुको छलफलका कारण मतदान समय ४ बजे सारिएको थियो। ४ बजेपनि निर्वाचन हुन सकेको थिएन। सघन छलफलपछि अन्जन र उमेशबीच सहमति बनेको हो।
तीन जना बरिष्ठ उपाध्यक्षका उम्मेद्वारले ५१ प्रतिशत नल्याएपछि निर्वाचन दोस्रो चरणमा जाने भएको थियो । निर्वाचन समिति अघिकृत लिलामणि पोखरेलले समग्रमा अञ्जन श्रेष्ठले ३७.९९ प्रतिशत , उमेशलाल श्रेष्ठलले ३१.९९ र रामचन्द्र ३०.४६ प्रतिशत मत पाएका थिए । ।
एसोसियट, जिल्ला नगर, बस्तुगतमा कस्ले कति पाए मत ?
नेपाल उद्योग बाणिज्य महासंघको एसोसियट तर्फ बरिष्ठ उपाध्यक्षका उम्मेद्वार रामचन्द्र संघईले ६१३ मत पाए । त्यसैगरी उमेशलाल श्रेष्ठले ४२४ मत पाएका छन भने अञ्जन श्रेष्ठले ५७५ मत पाएका छन । एसोसिटमा १६३० मत खसेकोमा आठ ओटा मत बदर भएको थियो ।
त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष जिल्ला नगर तर्फ अञ्जन श्रेष्ठले ४७ मत पाए । त्यस्तै रामचन्द्र संघईले ३९ मत पाउदा उमेशलालले भने २८ मात्रै मत पाए । जिल्ला नगरमा ११७ मतदाता थिए ।
त्यस्तै बस्तुगत तर्फको मत गणना गर्दा उमेशलाल श्रेष्ठले ६९ मत पाएका छन भने अञ्जन श्रेष्ठले ४१ र रामचन्द संघाईले १२ मात्रै मत पाए । बस्तुगत तर्फ २० प्रतिशत मतभार रहन्छ ।
यी हुन् एशोसिएट, जिल्ला नगर र वस्तुगततर्फ विजयी सदस्यहरु–
एशोसिएट | जिल्ला नगर | वस्तुगत | |||
नाम | मत | नाम | मत | नाम | मत |
डा. रामशरण थपलिया | १४४० | नरेशलाल श्रेष्ठ | ९१ | मोहनप्रसाद श्रेष्ठ | ९१ |
मनोज पौडेल | १३७३ | लिलेन्द्रप्रसाद प्रधान | ८९ | प्रयास कार्की | ८८ |
आनन्द कुमार बगेरिया | १३६४ | हरिबहादुर कार्की | ८२ | अमरेशन चन्द बैदार | ८१ |
अम्बिका प्रसाद पौडेल | १३६३ | शिव प्रसाद घिमिरे | ८१ | ताराबहादुर कार्की | ८१ |
सुनिल नारायण श्रेष्ठ | १३४२ | अरनिको राजभण्डारी | ७६ | नवीन रिजाल | ७९ |
सुशील थापा | १३२९ | डा. सुबोध कुमार गुप्ता | ७५ | कल्पना गैरे | ७७ |
शैलेन्द्र गुरागाईं | १३१५ | रविन पुरी | ७४ | उमेश डालमिया | ७३ |
राजेश कुमार अग्रवाल | १३१२ | नानीराज घिमिरे | ७२ | उज्जलप्रसाद कसजु | ७२ |
हेमन्त गोल्छा | १३०० | भक्तबहादुर हमाल | ७२ | बेदबहादुर श्रेष्ठ | ७२ |
देशबन्धु बस्नेत | १२८४ | शोभा ज्ञवाली | ७२ | अब्दुल बाहित मन्सुरी | ७० |
अविनाश बोहोरा | १२७५ | मनोज अधिकारी | ६७ | मन्जुकुमार श्रेष्ठ (कोजु) | ७० |
गोपाल खनाल | १२६५ | कमला श्रेष्ठ | ६६ | किशोरकुमार आचार्य | ६९ |
उज्वल कुमार श्रेष्ठ | ११९१ | पशुपतिदेव पाण्डे | ६५ | केशवप्रसाद भण्डारी | ६७ |
प्रवलजङ्ग पाण्डे | ११२८ | राजकुमार कार्की | ६२ | कृष्ण कटुवाल | ६७ |
जुना माथेमा | ९९१ | पुष्पराज कुँवर | ६६ | ||
शक्ति कुमार बेगानी | ९८८ | अनिलकृष्ण श्रेष्ठ | ६४ | ||
सन्दिप कुमार अग्रवाल | ९२५ | गोकुल श्रेष्ठ | ६४ | ||
ऋषी अग्रवाल | ८८१ | निरक केसी | ६३ | ||
मुकुन्द प्रसाद तिमल्सिना | ८४२ |