दराजको नयाँ वर्ष उत्सव सार्वजनिक, ७० प्रतिशतसम्म छुट
काठमाडौं । दराजले नयाँ वर्षको अवसरमा ‘नव वर्ष उत्सव : नयाँ वर्ष, नयाँ रहर’ योजना सार्वजनिक गरेको छ ।
‘किनौं सबै दराजमा’ भन्ने मुल नाराका साथ आफ्नो प्लेटफर्मममा इच्छा अनुसारको हरेक उत्पादन उपलब्ध गराउने र खरिदकर्ता र विक्रेतालाई एक आपसमा जोड्ने उद्देश्यका साथ अफर सार्वजनिक गरिएको दराजले जनाएको छ ।
नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराज नेपालले गुणस्तरीय प्रोडक्ट मात्र नभई उच्च ग्राहक सेवा प्रदान गर्न पनि अग्रसर रहेको भन्दै नयाँ वर्ष अफर सार्वजनिक गरिएको बताइन् | यसका लागि नेपाली नयाँ वर्षको उपलक्ष्यमा दराज नेपालले विभिन्न विक्रेता र पेमेन्ट पार्टनरहरुसँग साझेदारी गरेको उनले जानकारी दिइन् ।
कम्पनीका अनुसार मेगा गिभ-अवे मा १ लाख ९ हजार ९९९ रुपैयाँ बराबरको रियलमी जीटी २ प्रो, मेगा डिल अफरमा ७० प्रतिशतसम्म छुट, मेगा भाउचरमा ५००० रुपैयाँसम्मको छुट र प्रि -पेमेन्टमा १००० रुपैयाँसम्म छुट उपलब्ध रहेको छ ।
दराजका अनुसार नबिल बकैं, ग्लोबल आईएमई, एनआईसीएसिया, सानिमा बैंक, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंकको कार्ड भएका ग्राहकहरुले प्रि -पेमेन्टमा २० प्रतिशत (१ हजारसम्म)छुट लिन सक्नेछन् |
त्यसैगरी, ग्राहकहरूले आईएमई पे मार्फत प्री पेमेन्टमा १० प्रतिशत अधिकतम २०० र इसेवा मार्फत १० प्रतिशत अधिकतम १०० सम्मको छुट पाउन सक्नेछन् । यी अफरहरूको मजा लिन दराज नेपालले आफ्ना ग्राहकहरूलाई अनलाइन भुक्तानीका लागि आफ्नो बैंक कार्ड प्रयोग गर्नुपर्ने छ ।