प्रकाश सपुतको नयाँ गीत सकम्वरी ‘डिशहोम गो’ एपमा
![338675341_1453225332157841_4139390644218213788_n_sWa5Qy1h24 338675341_1453225332157841_4139390644218213788_n_sWa5Qy1h24](https://www.arthikpati.com/wp-content/uploads/2023/04/338675341_1453225332157841_4139390644218213788_n_sWa5Qy1h24-1024x585.webp)
काठमाडौँ । चर्चित गायक प्रकाश सपुतको नयाँ गीत सकम्वरी डिशहोम गो एपमा सबैभन्दा पहिले रिलिज हुने भएको छ । यही चैत २८ देखि डिशहोम गो एपमार्फत सपुतका फ्यानहरूले सकम्बरी हेर्न सक्ने कम्पनीले जनाएको छ ।
डिशहोम गो प्ले स्टोर र एप स्टोर बाट डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । डिशहोमको यस एपमा लाइभ टिभी लगायत विभिन्न भिडियो कन्टेन्टहरू (चलचित्र, सिरिज, रियालिटी सो सर्ट फिल्म, डकुमेन्ट्री….) को समेत मज्जा लिन सकिन्छ ।