नेशनल एकेडेमी र होटल सेभेन स्टारबीच सम्झौता
![WhatsApp-Image-2023-04-08-at-15 WhatsApp-Image-2023-04-08-at-15](https://www.arthikpati.com/wp-content/uploads/2023/04/WhatsApp-Image-2023-04-08-at-15-1024x585.webp)
काठमाडौँ । नेशनल एकेडेमी फर फाईनान्सियल सर्भिसेज प्रालि र चितवन सौराहाको होटल सेभेन स्टार प्रालि बीच संस्थागत सल्लाहकारको सेवा लिने दिने विषयमा सम्झौता भएको छ। एकेडमीको तर्फबाट कम्पनीका संस्थापक अध्यक्ष रमेश कुमार भट्टराई र होटल सेभेन स्टारको तर्फबाट प्रबन्ध सञ्चालक माधव दवाडीले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौता अन्तरगत नेशनल एकेडेमीले होटल सेभेन स्टारको अपग्रेडेसन,कारोबार र क्षमता विस्तार, लगानी स्रोतको व्यवस्थापन, पब्लिक लिमिटेड कम्पनीका लागि सर्वसाधारणमा शेयर निष्कासन, होटलको सिस्टम डेभलपमेन्ट लगायतको काममा सल्लाहकारको सेवा प्रदान गर्नेछ ।