केटीएम सिटीको ‘इन्ड अफ इयर सेल’ अफर
काठमाडौं । केटीएम सिटीले ‘इन्ड अफ इयर सेल’ अफर सार्वजनिक गरेको छ । नेपाली नयाँ वर्षलाई लक्षित गर्दै केटीएम सिटीले नयाँ अफर बजारमा ल्याएको हो । इन्ड अफ इयर सेलमा ग्राहकहरुले १९०, २९० र ३९० मा केटीएम सिटी ब्राण्डका लुगा प्राप्त गर्न सक्नेछन् ।
नयाँ योजना सिमित प्रकारका लुगामा मात्र लागु हुने कम्पनीले जनाएको छ । केटीएम सिटीका अनुसार नयाँ अफर अप्रिल १६ सम्म चल्नेछ ।
केटीएम सिटीका देशभरका आउटलेट र अनलाईनमार्फत ग्राहकले आफ्नो रोजाईको लुगा प्राप्त गर्न सक्नेछन् । नेपाली ब्राण्ड केटीएम सिटीले सर्वसुलभ मुल्यमा गुणस्तरीय लुगा घरेलु र अन्तराष्ट्रिय बजारमा उपलब्ध गराईरहेको छ ।
शेर्पा आउटडोर अन्तरर्गतको केटीएम सिटीले खेलकुद, फेसन, लाइफस्टाइलसँग जोडिएर आफ्ना उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ । केटीएम सिटी नेपालको राष्ट्रिय फुटबल टिमको अफिसियल किट पार्ट्नर समेत रहेको छ ।