रवी लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी ‘घुस’ काण्डमा मुछियो
काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी घुस काण्डमा मुछिएको छ । सुशासनको वकालत गर्न रवी लामिछानेकै पार्टी २ करोड घुस काण्डमा मुछिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले रवी लामिछानेलाई बुझाउन भन्दै २ करोड घुस मागेको अडियो यतिबेला भाइरल भएको छ । रवी लामिछानेका सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग टेलिफोनमा खुलेरै घुस मागेका छन् ।
उनले आफू स्वास्थ्य मन्त्री बन्न लागेको भन्दै २ करोड घुस मागेका हुन् । उनले उक्त २ करोड पार्टीलाई बुझाउने बताएको अडियोमा सुन्न सकिन्छ । अडियो सार्वजनिक भएपछि आफ्ना सांसद घुस प्रकरणमा मुछिएको स्वीकार गर्दै रास्वपाले छानबिन गर्ने बताएको छ ।