अर्थमन्त्री डा. महतसँग आर्थिक मिडिया सञ्चालकहरुको भेट

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संकलित राजस्वले साधारण खर्च नपुग्ने अवस्था सिर्जना भएको बताएका छन् । आर्थिक मिडिया सञ्चालकहरुसँगको भेटमा अर्थमन्त्री डा. महतले भने, – ‘पूँजीगत खर्चमा हामीले आन्तरिक र बाह्य ऋणमा निर्भर रहनुपर्ने अवस्था सिर्जना भएको छ ।’
आर्थिक मिडिया सञ्चालक संघको टोलीसंग अर्थमन्त्री डा. महतले आर्थिक वृद्धिदरको सूचांक धेरै निराशाजनक नभए पनि माग र आपूर्तिको समस्या, लगानीकर्ताका आफ्नै समस्या, व्याजदरको समस्या, पूँजी बजारको समस्या देखिएको बताएका छन् । परिस्थिति कारण केही अप्ठ्यारा छन्, ती अप्ठ्यारा सामना गर्न सकिने अर्थमन्त्री डा. महतले बताए ।