जनउत्थान सामुदायिक लघुवित्तको एजीएम आज

काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थको वार्षिक साधारण सभा आज चैत २६ गते आइतबार बस्ने बस्दैछ । सभा होटल न्यू ईरा बुटवलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा गत वर्षको नाफाबाट १५% बोनस सेयर र कर तिर्न ०.७८९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायतमा पनि छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि यस कम्पनीले चैत १० गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।