इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन: बालेन साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत नगर्ने बताएका छन् । आज सामाजिक सञ्जालमा आक्रोशित रूपमा अभिव्यक्ति दिइरहेका उनी सरकारमाथि खनिएका हुन् ।
उनले लेखेका छन् इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म । नेपाल स्वाधीन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने लाज लाग्दैन ?
यसअघि आजै मेयर साहले सिंहदरबारको फोहोर नउठाउने भन्दै त्यहाँका नेतालाई नै सिसडोलमा फाल्नुपर्ने समय आएको बताएका थिए ।