मोटर हेडको नयाँ वर्ष अफर : “सुपर सवारी २०८०”
काठमाडौं । मोटरहेड मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेन प्रालिले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ ।
२०२१ मोडल तथा त्यस मुनिका मोडलहरुमा ‘Stock Clearance”अफर लागु कायम राख्दै कम्पनीले आफ्ना २०२२ मोडलका वाइकहरुमा “सुपर पावर २०८०, यो नयाँ वर्ष सुरक्षा र सुविधा हाम्रो, सवारी तपाईंको” नामक अफर यही चैत २४ गते शुक्रबारबाट कम्पनीले उपलब्ध गराउने बताएको छ ।
सदा झैं कम्पनीले सबै प्रकारका खरीद प्रक्रियामा उत्तिकै उत्साहित अफर समेत्दै नगद/फाइनान्स र एक्सचेन्ज खरीद प्रक्रियामा विभिन्न लाभमूलक अफर ल्याएको छ जसमा नगद खरीद गरे वापत ग्राहकले मोटरहेडका कुनै २०२२ का मोडलमा २०८०/८१ सम्मको कर छुट तथा पूर्ण बीमाको सुविधा लिन सकिने, फाइनान्स खरीदमा आफूले खरीद गरेको वाइकको पूर्ण बीमा ग्राहकले कम्पनीबाटै सुविधा पाइने तथा सट्टापट्टा गरी लिँदा ग्राहकले आफ्नो पुरानो वाइकको बजार मुल्याङकनमा कम्पनीबाट थप रु.१५ हजारको मुल्याङकन अफर स्वरुप प्राप्त गरी नयाँ वाइक लिन सकिने छ ।
यसका साथै खरीद प्रकार जे–जस्तो भएता पनि यस ब्राण्डका वाइक खरीद कर्ताले कम्पनीको तर्फबाट फुलहेल्मेट फ्री मा पाउन सक्ने हुँदा यो अफर पूर्ण रुपले ग्राहकमुखी भएको देखिन्छ ।
मेटरहेडकाSports 250, Tekken R 250, Tekken 250, MH-150, Scrambler, र X –Torque गरी ६ मोडल र देशका विभिन्न प्रमुख सहरहरुमा सेल्स, सर्भिस तथा पार्ट्सको सुविधा सहित डिलर रहेका छन् ।