हुण्डाइको विद्युतीय गाडी ‘आयोनिक ६’ लाई विभिन्न अवार्ड

काठमाडौं । हुण्डाइको विद्युतीय गाडी आयोनिक ६ ले विभिन्न ३ वटा अवार्ड प्राप्त गरेको छ ।
‘वल्र्ड कार अवार्ड २०२३’ मा सो कारले फरक फरक ३ अवार्ड प्राप्त गर्न सफल भएको हो । आयोनिक ६ ले वल्र्ड कार अफ द इयर, वल्र्ड इलेक्ट्रिक भेहिकल, वल्र्ड कार डिजाइन अफ द इयर अवार्ड प्राप्त गरेको हो ।
हुण्डाइको विद्युतीय गाडी नेपालमा लोकप्रिय बन्दै गएको छ ।