सिटिजन लाइफ इस्न्योरेन्सको सुनौलो १०० दिन सुरु

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबारदेखि आउँदा असार मसान्तसम्म जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुआत गरेको छ।
पुरै देश आर्थिक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपूर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ यस अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ।
बुटवल क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रमबीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, पश्चिम क्षेत्र साथै मध्य र मध्यपश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृतहरू धोजबहादुर खड्का र सुनिल पोखरेलबाट यस अभियानको उद्घाटन गरिएको थियो।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ब्राण्ड एम्बेसेडर महजोडीसँग सहकार्य गर्दै यस अभियानलाई सम्पन्न गर्ने जनाएको छ।
यस बीमा जागरण अभियानको मूल उद्देश्य आम मानिससम्म बीमाको पहुँच पुर्याउने साथै यसका फाइदा, यसमा रहेको रोजगारीको अवसरको चेतना विकास गर्दै, विभिन्न स्थानीय तहमा व्यावसायिक अभिकर्ता निर्माण गर्नु रहेको बताइएको छ।
बीमा विलासिता हैन अनिवार्य आवश्यकता हो भन्ने जनचेतना जगाउने उद्देश्यका साथ यस आर्थिक वर्षको बाँकी रहेका १०० दिनलाई सुनौलो बनाउन कार्यक्रम अगाडि बढाउन केन्द्रित रहेको कम्पनीले जनाएको छ।