गैरीगाउँस्थित सुकुम्वासी बस्तीका स्थानीयद्वारा महानगरविरुद्ध प्रर्दशन

काठमाडौं । गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउने खबर सुनेसँगै स्थानीयहरू विरोधमा उत्रिएका छन्।
काठमाडौं महानगरपालिकाले गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउने खबर सुनेपछि उनीहरू टायर बालेर बिरोधमा उत्रिएका हुन्।
उनीहरूले सडकमा नै टायर राखेर अवरोध सिर्जना गर्दै महानगरपालिकाविरुद्ध नाराबाजी गरेका थिए।
महानगरले विभिन्न स्थानमा भएका अनधिकृत संरचना भत्काउने रणनीति अनुसार अघि बढेको छ। महानगरपालिकाले यसअघि पनि विभिन्न स्थानका संरचना भत्काउनेदेखि काठमाडौंका बाटोमा रहेका पार्किङ खालि गराउँदै आएको थियो।