एनआईसी एशिया बैंकका ग्राहकहरूलाई बर्फी स्वीट्समा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट हुने

काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरूले काठमाडौंको न्यूरोडस्थित केसर स्वीट्स अन्तर्गतको बर्फी स्वीट्समा डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
समझदारीपत्रमा बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र बर्फी स्वीट्सको तर्फबाट सह-संस्थापक प्रिया तयालले हस्ताक्षर गरे।
पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै सम्पन्न उक्त समझदारीअनुसार यस बैंकका मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गर्ने ग्राहक एवं कर्मचारीले बर्फी स्वीट्समा विभिन्न मिठाईका परिकार खरिद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्नेछन्।
एनआईसी एशिया बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित सञ्जालमार्फत् सेवा विस्तार गरिरहेको छ।
स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व सरकारलाई भुक्तानी गरेको बैंकको दाबी छ।
गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोडभन्दा बढी राजश्व सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित भएको बैंकले बताएको छ।