वैशाख ६ गतेदेखि ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ निष्कासन हुने
काठमाडौं । सिटिजन्स क्यापिटलले २०८० वैशाख ६ गतेदेखि बन्दमुखी म्युचुअल फन्ड योजना बिक्री खुला गर्ने भएको छ । क्यापिटलले ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ को कुल १० करोड इकाई निष्कासन गर्न लागेको हो ।
जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५% विज पुँजीवापत कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमध्ये सर्वसाधारणका लागि इकाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक सिटिजन क्यापिटलले जनाएको छ ।
यसमा वैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा वैशाख २० गतेसम्म खुला रहनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।