घलेम्दी हाइड्रोपावरले २००% सेयर प्रस्ताव पारित गर्न बोलायो एजीएम
काठमाडौं । घलेम्दी हाइड्रोपावरले नवौं वार्षिक साधारण सभा वैशाख १६ गते डाकेको छ । सभा सासा ब्यांक्वेट, नयाँबजार काठमाडौंमा बिहान १०.३० बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले १ः२ (२००%) को अनुपातमा हकप्रद सेयर जारी प्रस्ताव पेश गर्नेछ ।
यस्तै, कम्पनीले हकप्रद सेयर निष्कासन गरेपछि सांग्रिला उर्जा प्रा लि द्धारा प्रवद्धित संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने सञ्चालक समतिको निर्णयलाई पारित गर्ने एजेन्ड पनि छ । सभाबाट अनुमोदन भएर नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि मात्र प्रस्तावित हकप्रद सेयर निष्कासन हुनेछ ।
सभामा आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनको लागि कम्पनीले वैशाख ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, सभामा सहभागि हुन वैशाख ६ गतेसम्म सेयर खरिद गर्नुपर्छ ।