कुमारी सुनौलो लगानी योजनामा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । कुमारी सुनौलो लगानी योजनामा आवेदन दिने आज (चैत २३ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कुमारी क्यापिटलले चैत ९ गतेदेखि खुलामुखी म्युचुअल फन्ड योजना बिक्री खुला गरेको हो ।
क्यापिटलले उक्त योजनाको कुल १० करोड इकाई निष्कासन गरेको हो । पहिलो चरणमा ५ करोड इकाई निष्कासन भएको हो । जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५% कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ भने ३ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
बाँकी रहेको ५ करोड इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीका लागि खुल्ला गरिने कुमारी क्यापिटलले जानकारी गराएको छ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।
न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।