औद्योगिक वातावरण सुधार गर्न प्रतिवद्धछौंः वाणिज्य मन्त्री रिजाल

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले औद्योगिक वातावरण सुधार गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपाल सुनचाँदी ब्यवसायी महास.घका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा मंगलबार सिंहदरवार स्थित मन्त्रलायमा गएको महासंघको प्रतिनिधीमण्डलसँग मन्त्री रिजालले उद्योग ब्यवसायको विकासवाट मात्र मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकोले यसतर्फ सरकारले ध्यान दिने प्रतिवद्धता जनाएका हुन ।
त्यसअवसरमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मुलुकमा औद्योगिक वातावरण प्रभावकारी नवन्दा उद्योग, ब्यवसाय फस्टाउन नसकेको बताए । यसकालागि ब्यवसाय सञ्चालनकालागि आवश्यक पर्ने नीति तथगा पर्याप्त कच्चा पदार्थको ब्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।
भेटका क्रममा महासंघका तर्फवाट उपाध्यक्षद्धय विपिन रामुदामु र पवन कुमार सोमानी, महासचिव धर्मशुन्दर वज्राचार्य लगायतका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।