महालक्ष्मी विकास बैंकका ग्राहकहरु लाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकले रेष्टुरेन्ट तथा श्रृगारका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले बुढानिलकण्ठ, काठमाडौंमा अवस्थित मेराकी हाेलिस्टिक वेलनेस रिट्रिटका सेवाहरुमा अधिकतम १५%, जावलाखेल, ललितपुरमा अवस्थित बर्गर स्याकका सेवाहरुमा अधिकतम १०%, बुटवल उपमहानगरपालिका, अमरपथमा अवस्थित समृद्धि हेयर ड्रेसिंग सलुन एणड एकेडेमीका सेवाहरुमा अधिकतम २०% र भाटभटेनी टंगाल, काठमाडौंमा अवस्थित छाेटु युनिसेक्स सलुन प्रा.लिका सेवाहरुमा २०% को छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।