प्रभु स्टील्स एन्ड हाइड्रो ईक्युपमेन्ट इन्डस्ट्रिजले प्रिमियममा आइपीओ जारी गर्ने
काठमाडौं । प्रभु स्टील्स एन्ड हाइड्रो ईक्युपमेन्ट इन्डस्ट्रिज लिमिटेडले प्रमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन तयारीको लागि बिक्री प्रबन्धकको शिलबन्दी बोलपत्र माग गरेको छ ।
यसको लागि आज (चैत २१ गते) बाट ४५ दिनभित्र इच्छुक तथा आवश्यक योग्यता पुगेका कम्पनीहरुले बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले नियम अनुसार पाईने प्रिमियम मूल्य थप गरी ९८ करोड रुपैयाँ बराबरको ९८ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।