दक्षिण एसियाभित्र आईसीटी जनशक्तिको विकास हुवावेको प्राथमिकतामा
ढाका । हुवावेले दक्षिण एसियामा पनि अनुसन्धानसहित प्रविधि र प्रतिभा विकसमा हुने लगानीलाई बढाउँदै लैजाने भएको छ । कम्पनीले ‘स्मार्ट ट्यालेन्ट इकोसिस्टम’ निर्माण गर्ने रणनीतिअनुसार आउँदो पाँच वर्षमा दक्षिण एसियामा ५० हजार आईसीटी प्रतिभा विकास गर्ने योजना अघि सारेको छ ।
दक्षिण एसिया जनसम्पर्क विभागका बंगलादेशका देशीय निर्देशक युयिङ कार्लका अनुसार सन् २०२२ मा हुवावेले ९३.५ बिलियन अमेरिकी डलर आम्दानी गरेको छ, जसमा कम्पनीले ५.२ बिलियन अमेरिकी डलर खुद मुनाफा कमाएको छ ।
तर, कम्पनीले आफ्नो आयको ठूलो हिस्सा अनुसन्धान र विकसमा नै खर्च गरेको छ । एक वर्षमा कम्पनीले २३.५ बिलियन अमेरिकी डलर अनुसनधान तथा विकसमा खर्च गरेको छ । यो रकम कम्पनीको आयको २५.१ प्रतिशत हो ।
यस्तो अनुसनधान र विकास कार्यक्रमका लागि हुवावेले दक्षिण एसियालई पनि प्राथमिकता दिएको छ । यसअनुसार आईसीटी एकेडेमी निर्माण गर्ने, विभिन्न आईसीटी र स्टार्टअप प्रतियोगिता गर्ने देखि अनलाइन कोर्स भर्ना, नयाँ कर्मचारी भर्ना आदि जस्ता विभिन्न कार्यक्रमहरू समावेश गर्ने कम्पनीले घोषणा गरेको छ ।
बंगलादेशस्थित दक्षिण एसिया प्रतिनिधि कार्यालयमा ‘बिल्डिङ ए स्मार्ट ट्यालेन्ट इकोसिस्टम, इन साउथ एसिया, फर साउथ एसिया’ शीर्षकको कार्यक्रममा कम्पनीले दक्षिण एसिया आफ्नो प्राथमिकतामा रहेको जनाउँदै यस क्षेत्रमा आईसीटी क्षेत्रका प्रतिभा विकास गर्नु आफूहरुको महत्वपूर्ण उद्देश्य रहेको बताएको छ ।
हुवावे दक्षिण एसियाका देशहरुका पत्रकारसहित अधिकारीहरुको सहभागिता रहेको कार्यक्रममा दक्षिण एसिया जनसम्पर्क विभागका बंगलादेशका देशीय निर्देशक युयिङले कम्पनीका महत्वपूर्ण योजनाहरुबारे जानकारी दिए ।
हुवावेले नेपालसहित श्रीलंका, माल्दिभ्स, भुटान र बंगलादेश समेटेर बंगलादेशको ढाकामा आफ्नो दक्षिण एसिया प्रतिनिधि कार्यालय स्थापना गरेको छ । यसले हुवावेको एशियाप्रशान्त क्षेत्रको एक उप–क्षेत्रीय कार्यलयका रुपमा काम काम गर्दैछ ।
यो क्षेत्रमा परियोजनाको विकास अनुन्धभान र प्रतिभाहरुको प्रवर्द्धनका लागि काम गर्ने उद्देश्यसहित स्थापित कार्यालयले यस क्षेत्रमा प्रतिभाको विकासलाई आफ्नो महत्वपूर्ण कामका रुपमा ग्रहण गरेको छ । बंगलादेशका देशीय निर्देशक युयिङले यो उपक्षेत्रमा प्रतिभाको कमी भएको महसुस भएकाले यसलाई ध्यानमा राखेर कार्यक्रम र योजनाहरु बनाइएको बताए ।
आफ्ना उपभोक्ता, साझेदार, इकोसिस्टमसहित समग्र समाजलाई योगदान दिने गरी कम्पनीले काम गरिरहेको भन्दै उनले नयाँ प्रतिभाको विकासले यो क्षेत्र सबैका लागि प्रेरणाका रुपमा उदाउने बताए । ‘हाम्रो प्रमुख रणनीतिहरूमध्ये, हुवावे सधैं प्रतिभा विकासमा जोड दिएको छ, किनभने हामी स्थानीयमा विश्वास गर्छौं,’ युयिङ कार्लले भने,‘यो प्रतिभाको सशक्तिकरण्मा फलदायी हुनेछ ।’
गत वर्षमा मात्रै कम्पनीले दक्षिण एसियामा ६ हजार आईसीटी प्रतिभा विकास गरेको दाबी हुवावेले गरेको छ । आगामी ५ वर्षमा ५० हजार यस्ता प्रतिभा उत्पादन गर्ने कम्पनीको योजना छ ।
कम्पनीका अनुसार ‘सिड्स फर द फ्युचर’ ह्वावेको स्नातक विद्यार्थीहरूका लागि आयोजना गरिएको प्रमुख कार्यक्रम हो । हुवावे दक्षिण एसियाले देशहरूमा विगत केही वर्षदेखि स्टार्ट अप प्रतियोगिता आयोजना गरेर दक्षिण एसियामा सीड मनी, टेक्नोलोजी, मार्गदर्शन र अन्य सहयोग गरिरहेको छ ।
प्रतिभाको विकासलाई लक्षित गरेर कम्पाीले हुवावे साउथ एसिया एकेडेमी नै स्थापना गरेको छ । यसमा प्राविधिक अधिकारीहरू, टेल्को अपरेटरहरू, शिक्षाविद्हरू, आईसीटीका विद्यार्थीहरू, समग्र इकोसिस्टमका साझेदारहरू, आईसीटी आविष्कारकहरुले यहाँ इन्जिनियरिङ पाठ्यक्रमसहित सिक्ने र अनुसन्धान तथा विकसमा काम गर्ने गरी कम्पनीले लगानी गरेको छ । यस्ता अनुसन्धानबाट विकास भएका प्रविधिहरुको यहाँ प्रदर्शनी पनि गरिने कम्पनीले बताएको छ ।
युयिङका अनुसार देशहरूले डिजिटल अर्थतन्त्र निर्माणको रणनीति लिएकाले दक्ष जनशक्ति र प्रविधिको विकासका लागि ठोस योजना तयार गरेको काम गरेको छ । यसका लागि विश्वविद्यालयहरुसँग पनि सहकार्य गर्ने योजना छ ।
‘सन् २०२२ को अन्त्यसम्ममा हामीले विश्वभरका २,२०० भन्दा बढी विश्वविद्यालयहरूसँगको सहकार्यमा हुवावे आईसीटी एकेडेमीहरू स्थापना गरेका छौं, यस कार्यक्रममार्फत, हामी प्रत्येक वर्ष औसत २ लाख भन्दा बढी विद्यार्थीहरूलाई तालिम दिन्छौं,’युयिङले भने ।