अञ्जन श्रेष्ठ प्यानलले गर्यो उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चैत २९ गते हुने निर्वाचनका लागि अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । मंगलबार महासंघको सचिवालयमा पुगेर उनले मनोनयन दर्ता गरेका हुन् ।
उनीसँगै उनको समूहबाट जिल्ला नगर उपाध्यक्षमा अरूणराज सुमार्गी, वस्तुगततर्फ मनिषलाल प्रधानले मनोनयन दर्ता गरेका छन् । भरतराज आचार्य उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठका साझा उम्मेदवार बनेका छन् । महासंघमा पटक त्रिपक्षी प्रतिस्पर्धा हुँदैछ ।