मिटरब्याज पीडितलाई सरकारको आग्रह : काठमाडौंमा दुःख पाएर नबस्नुहोला, घर फर्कनु

काठमाडौं । सरकारले मिटरब्याज पीडितलाई काठमाडौंमा दुःख पाएर नबस्न आग्रह गरेको छ । मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याज पीडितलाई काठमाडौंमा दुःख पाएर नबस्न आग्रह गरेकी हुन् ।
मिटरब्याज पीडितको अर्को टोली माग सम्बोधनका लागि काठमाडौं आएको बारे सोधिएको प्रश्नमा मन्त्री शर्माले देशभरकै समस्या समाधानका लागि सरकारले जाँचबुझ आयोग गठन गरेकाले दुःख पाएर नबस्न आग्रह गरेकी हुन् ।
मिटरब्याज पीडितको समस्या छानबिन गरी तत्काल समाधान गर्ने कार्यादेशसहित सरकारले सोमबार विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको हो । आयोग सदस्यमा नेपाल प्रहरीका पूर्वएआईजी उत्तमराज सुवेदी र पूर्वनायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल छन् ।