फोनपे र सुलभपे (एनक्यास)बीच भुक्तानी सहकार्य, सुलभका ग्राहकले फोनपे नेटवर्क मार्फत सहजै भुक्तानी गर्न सकिने

काठमाडौं । फोनपे नेटवर्क लिमिटेड र भुक्तानी सेवा प्रदायक सुलभपे (एनक्याश ) वालेटबीच सहकार्य सुरू भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फोनपे र सुलभपेबीच भुक्तानी पत्रमा सम्झौता भएको हो ।
सम्झौता पत्रमा फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र सुलभपेका तर्फबाट सुलभपे –एनक्याश)का प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले हस्ताक्षर गरे । यो सँगै सुलभ पे प्रा.लि. को एनक्यास पूर्ण स्क्यान भुक्तानी सेवाहरू सुरू गर्ने पहिलो वालेट बनेको छ । एनक्यास प्रयोगकर्तालाई सहज भुक्तानी अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।
सम्झौता कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले यस प्रकारको सम्झौताले डिजिटल भुक्तानीमा महत्वपूर्ण भूमिका खेल्ने बताए । सापकोटाले सुलभसँगको सम्झौताले नेपाली समाजलाई क्यास लेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा एनक्यास सुलभ पेका प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले भने ‘हामी फोनपे क्यूआर सुरू गर्न पाउँदा उत्साहित छौँ । जुन हााम्रो प्रयोगकर्ताको आवश्यकता पुरा गर्ने मोबाईल वालेट सिर्जना गर्ने हाम्रो प्रयासको परिणति हो,“ हामी विश्वास गर्छौँ की फोनपे क्यूआर लगायत एनक्यास द्धारा प्रदान गरिएका स्क्यान र पे सेवाहरूले नेपालमा मानिसहरूले पहिलेभन्दा छिटो, सजिलो र अझ सुरक्षित् बनाउनेछ ”।