प्रभु क्यापिटल र सगरमाथा जलविद्युतबिच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडर सगरमाथा जलविद्युत कम्पनी लिमिटेडबिच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि चैत २० गते शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा सगरमाथा जलविद्युतको तर्फबाट अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाई र प्रभु क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् । २०७९ चैत २० गतेदेखि लागू हुने गरी प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।
शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेडले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।