कानुन विपरित शेयर कारोबार गरेको पुष्टि भए पछि ज्ञानेन्द्रलाल लाई सेबोनको कारवाही
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडका पूर्व अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले कानून विपरित सेयर बिक्री गरेको पुष्टी भएपछि नेपाल धितोपत्र बोर्डले कारबाही गरेको छ ।
आइतबार बसेको बोर्डको सञ्चालक समितिको बैठकले प्रधानलाई ७५ हजार रुपैयाँ जरिवाना र १० बर्षसम्म कुनै पनि पब्लिक कम्पनीमा सञ्चालक बन्न नपाउने गरी कारवाही गरेको हो ।
नेपाल हाईड्रो डेभलोपर कम्पनीको अध्यक्ष हुँदा प्रधानले आफ्नो नाममा रहेको सेयर परिवारका सदस्यको नाममा नामसारी गरेर नियम विपरित बिक्री गरेका थिए । धितोपत्र सम्बन्धी ऐन २०६३ दफा १०८ अनुसार कुनै सन्चालक, महाप्रबन्धक वा सो सरहको कुनै पद धारणा गरेको व्यक्तिले दफा १०१ बमोजिम कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको १० वर्ष अवधि पुरा नभएसम्म कुनै पनि सूचिकृत कम्पनी वा संस्थाको संचालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य नहुने उल्लेख छ ।