डिजेल र मटीतेलको मूल्य लिटरमै १० रुपैयाँले घट्यो, पेट्रोलमा ३ रुपैयाँले घट्यो, ग्याँसको मूल्य यथावत्
काठमाडौं । डिजेल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटेकाे छ । सोमबार नेपाल आयल निगमकाे सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको छ ।
निगमका अनुसार डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १० / १० रुपैयाँले र पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाउने निर्णय भएको हाे। खाना पकाउने ग्याँसको मूल्य भने हाललाई प्रतिसिलिण्डर १८ सय रुपैयाँमै यथावत राखिएको छ ।
अब डिजेल र मटीतेलको खुद्रा मूल्य लिटरकाे १७५ रूपैयाँबाट घटेर १६५ रुपैयाँमा झरेकाे छ । यसैगरी, हवाई इन्धनमा पनि प्रतिलिटर १० रुपैयाँले गिरावट भएकाे छ । पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटेर १७५ रुपैयाँमा खरिद गर्न पाइनेछ । यसअघि भारतबाट इन्धनकाे मूल्य घटेर आएको थियाे ।