माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनी सप्ताह २०२३

काठमाडौँ । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनी वीक २०२३ माछापुच्छ्रे बैंकले मनाएको छ।
यस वर्ष मार्च २० तारिख देखि २६ तारिखसम्म परेको ग्लोबल मनी वीक २०२३ अन्र्तगत माछापुच्छ्रे बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरू आयोजना गरेको थियो।
बैंकले देशका ७ वटै प्रदेशमा स्थानीय स्कुल, कलेज, क्लवहरूसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै अन्तर्क्रिया कार्यक्रमहरूको आयोजना गरी ग्लोबल मनी वीक २०२३ मनाएको हो।
बैंकले ग्राहकलाई लक्षित गर्दे यसअघिपनि विभिन्न समयमा विभिन्न माध्यमहरूमार्फत वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्दै आएको थियो।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा, २०६ एटिएममार्फत १४ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।