मर्मत सम्भारका लागि मनकामना केबुलकार सेवा बन्द रहने

काठमाडौँ । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मत सम्भार गरिने भएको छ । यस कार्यका लागि चैत्र २२ गते बुधबार १ सेवा बन्द हुने जानकारी गराइएको छ ।
जस अनुसार केवुलकार टावरको मर्मत संभार सकिएलगत्तै बिहीबारदेखिसेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ ।
उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहने कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । कम्पनीले कबुलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरोन्नति गरेको छ । यसबाट यात्रुमा पर्न जाने असुबिधाको लागि कम्पनीले क्षमाप्राथी रहेको जनाएको छ ।