बिपिडब्लु लघुवित्त तथा मेगा क्यापिटलबीच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने बारे सम्झौता
काठमाडौँ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।
एक कार्यक्रमका बीच बिपिडब्लु लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार पोखरेल र मेगा क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा मेगा क्यापिटलका मार्केटिङ्ग डिपार्टमेन्ट हेड गिरीराज पोखरेल र मर्चेन्ट बैकिङ्ग इन्चार्ज मनिषा दाहालको समेत उपस्थिति रहेको थियाे ।
सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने,नामसारी गर्ने र शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु मेगा क्यापिटल मार्केट्स लिमिटेड, साकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।