सुनको मूल्यमा गिरावट, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर १ लाख ८ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १४ सय १० रूपैयाँ कायम भएको छ ।