भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ ।
आईओसीले पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर ६ रुपैयाँ ८२ पैसा र पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घटेर आएको निगमले जनाएको छ ।
आईओसीले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गर्दछ ।