ग्लोबल मनि सप्ताहमा माछापुच्छ्रे बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्लोबल मनि विक–२०२३ को अवसरमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाइने ‘ग्लोबल मनि विक’ कार्यक्रममा ७ वटै प्रदेशमा स्थानीय स्कुल, कलेज, क्लवहरुसँग समन्वय गरेर अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
विभिन्न शाखा कार्यालयहरु मार्फत २०-२६ मार्चसम्म यो कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।