अर्थतन्त्र चलायमान बनाउन अझै संवेदनशिल हुन आवश्यक छ : नवनियुक्त अर्थमन्त्री महत
काठमाडौं । नवनियुक्त अर्थमन्त्री प्रकाश शरण महतले शिथिल अर्थतन्त्र चलायमान बनाउन अझै संवेदनशिल हुनुपर्ने बताएका छन् । शुक्रबार मन्त्रीको शपथ ग्रहणलगत्तै अर्थमन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उनले यस्तो बताएका हुन् । केहि अघि नेपालले व्यहोरेको महाभुकम्प, कोरोना महामारी र विश्वभर देखिएको व्यापार असन्तुलनले नेपालको अर्थतन्त्रमा ठुलो धक्का पुगेको उनले बताए ।
उनले समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गरे । उनले भने, ‘अर्थतन्त्रको समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ । समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौं ।’ यसैगरी उनले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने पनि बताए ।
साधारण खर्च कटौती गर्ने,प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने पनि उनकाे भनाइ छ । सरकारले खर्च गर्न सक्ने क्षमता बढाउनका साथै लगानी भित्र्याएर राजस्वको दायरा बढाउने पनि अर्थ मन्त्री महतले बताए ।