खानेपानी मन्त्री अब्दुल खानले गरे पद त्याग
काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री अब्दुल खानले पद त्याग गरेका छन् । शुक्रबार खानले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई खानेपानीमन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।
सरकारमा मन्त्रि परिषद् पुनर्गठनमा चित्त बुझ्दो मन्त्रालय नपाएपछि उनले राजीनामा दिएका हुन् ।
जनमत पार्टीले सुरुदेखि नै कृषि अथवा उद्योग मन्त्रालय पाउनुपर्ने माग गरेको थियो । तर, अहिले पनि खानेपानी मन्त्रालय नै पाउने भएपछि खानले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योगमन्त्री कांग्रेसलाई भाग दिएका छन् । कांग्रेसले रमेश रिजाललाई उद्योगमन्त्री बनाउने भएको छ । उनले माघ ३ गते मन्त्रिपरिषद् पुनर्गठनका क्रममा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका थिए । सुरुवातमा असन्तुष्ट भन्दै मन्त्रालय नगएपनि उनले माघ ११ गते पद सम्हालेका थिए ।