मन्त्रिपरिषद् पुनर्गठन, नयाँ मन्त्रीहरुले गरे शपथग्रहण

काठमाडौं । नयाँ मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् ।
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर शुक्रबार मन्त्रिपरिषद् विस्तार गरिएकाे थियाे ।
कांग्रेसबाट चार, नेकपा एकीकृत समाजवादीबाट २ जना तथा माओवादीबाट एक जना र जनता समाजवादी पार्टीबाट एक जना मन्त्री बनेका हुन्।
कांग्रेसबाट उपप्रधान तथा रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा. प्रकाशशरण महत ,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल तथा शहरी विकासमन्त्रीमा सीता गुरुङ नियुक्त भएकी छन् । यसैगरी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री जनता समाजवादी पार्टीका अशोक राई भएका छन् ।
एकीकृत समाजवादीका बेदुराम भुसाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बनेका छन् ।
जलस्रोत तथा सिंचाइ मन्त्रालय माओवादी केन्द्रका शक्ति बस्नेत ऊर्जा बनेका छन् । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।