विश्व हिन्दू परिषद् नेपालको ११औं स्थापना दिवस मनाइयो

काठमाडौं । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरी देशभर मनाइएको छ । बिहीबार देशभर शोभायात्रा, दिप प्रज्जवलन तथा भजन–सत्संग लगायतका कार्यक्रमहरु आयोजना गरी परिषदको ११औं स्थापना दिवस मनाइएको हो ।
विश्व हिन्दू परिषद नेपालको स्थापना वि.सं. २०६८ सालमा राम नवमीको दिन भएको थियो । सोही दिनदेखि विश्व हिन्दू परिषद्ले राम नवमीलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।
परिषदले विगतका वर्ष झैं यस वर्ष पनि काठमाडौं, विराटनगर, उदयपुर, वीरगञ्ज, जनकपुर, सिरहा, सप्तरी, रुपन्देही, कपिलवस्तु, नेपालगञ्जलगायतका विभिन्न स्थानहरुमा शोभायात्रा, दिप प्रज्जवलन तथा भजन-सत्संग लगायतका कार्यक्रमहरु योजना गरी स्थापना दिवस तथा राम नवमी पर्व मनाएको छ ।