केएफसीको सोह्रौं शाखा सामाखुशीमा, आफूले गरेको अर्डर बनिराखेको अवस्थासमेत ट्र्याक गर्न सकिने
काठमाडौं । अन्तराष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा सोह्रौं शाखा बिस्तार गरेको छ । टोखा नगरपालिका वडा नं १० स्थित नर्थ सिटी मलमा केएफसी नेपालको आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेसनल नेपाल प्रा. लि. ले केएफसी स्टोर सञ्चालनमा ल्याएको हो । यो विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुराँका रुपमा परिचित छ । यस आउट लेटमा केएफसीका विभिन्न चिकेनको परिकार पाइनेछ ।
जस्तै, हट एन्ड क्रिस्पी चिकेन, चिकेन पपकोर्न, चिकेन स्ट्रिप्स लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ । यहाँ कोभिड १९ विरुद् शत्प्रतिशत खोप लिएका कर्मचारीमार्फत हरेक स्टोरहरु सञ्चालन हुने गर्दछन् । यस रेस्टुराँमा ग्राहक आफैँले अर्डर गरेर अनलाइन माध्यमबाट रकम भुक्तनी गरी द्रुत सेवा समेत लिन सक्नेछन् । हरेक ग्राहकले कस्टुमर डिस्प्ले स्क्रिनबाट आफूले गरेको अर्डर बनिराखेको समेत ट्रयाकिङ गर्न सक्नेछन् ।
१८०० फिटमा खोलिएको यो रेस्टुराँमा एक पटकमा ५१ जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । यसले हाल विहान ११ः०० बजेदेखि रातको ११ः०० बजेसम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको छ । साथै, फुडमाण्डू, भोज डिल र पठाओ फुडका डेलिभरी सेवामार्फत घरमै बसेर विश्वस्तरीय परिकारको मज्जा लिन सकिने केएफसीको भनाई छ ।