सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिइओमा चंकी क्षेत्री नियुक्त

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा चंकी क्षेत्री नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको फागुन २९ गते बसेको बैठकले उनलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार बीमा प्राधिकरणले उनलाई सिइओ नियुक्त गर्न कम्पनीलाई स्वीकृती प्रदान गरेको हो ।
नव नियुक्त सिइओ क्षेत्रीले आगामी ४ वर्ष कम्पनीको नेतृत्व समाहाल्नेछन् । क्षेत्री साविकको सगरमाथा इन्स्योरेन्सको समेत सिइओ रहेका थिए ।