प्रयोगकर्तामाझ लोकप्रिय बन्दै लोकोन्याभ
काठमाडौं । नेपालमा बढिरहेको निर्माण तथा पूर्वाधारका परियोजनाहरुमा प्रयोग हुने गाडी र फ्लिटहरुको दक्षता र उत्पादकत्वको व्यवस्थापनका लागि सिप्रदीले अन्तर्राष्ट्रिय बजारको भरपर्दो फ्लिट व्यवस्थापन सफ्टवेर कम्पनी लोकोन्याभसँग सहकार्य गरेर नेपाली बजारलाई सुहाउँदोे सवारी साधन ट्रयाकिङ तथा फ्लिट म्यानेजमेन्ट सफ्टवेर ल्याएको छ ।
सवारी साधनको उत्पादकत्व बढाउन त्यसमा लाग्ने इन्धन र मर्मतको लागतको प्रमुख भूमिका हुने गर्दछ । ग्राहकहरुको यही आवश्यकतालाई बुझेर ल्याइएको लोकोन्याभ नेपाली बजारलाई किफायती सवारी साधन ट्रयाकिङ एन्ड फ्लिट म्यानेजमेन्ट सफ्टवेर साबित हुने सम्भावना रहेको कम्पनीले बताएको छ ।
जीपीएस प्रविधिबाट चल्ने यो सफ्टवेरको दैनिक प्रयोगले फ्लिट सञ्चालनमा आउने चुनौतीहरूको समाधान प्रयोगकर्ताहरुले तुरुन्तै पाउन सकिने भएकोले छोटो समयमा नै लोकोन्याभ अटोमोबाइल बजारमा चर्चित हुँदै गएको कम्पनीको दावी छ ।
नेपाली बजारमा भित्रिएको पाँच महिनामा नै लोकोन्याभले ग्राहकहरुको विभिन्न समस्याको समाधान बन्न सफल बन्दै गएको र यसको प्रयोगकर्ताहरुले विशेष गरेर ५ प्रमुख फाइदा लिइरहेको सिप्रदीका रजिया श्रेष्ठले बताए ।
लोकोन्याभबाट व्यवसायको फ्लिटको उत्पादकत्वमा सुधार गरी सवारी साधन ट्र्याकिङ सिस्टमले फ्लिट म्यनाजेरलाई आफ्नो सवारी साधनले गर्ने ट्रिपको व्यवस्थापन र निगरानी राख्न मद्दत पुर्याउनुका साथै अनावश्यक ट्रीपहरुको व्यवस्थापन गर्न मद्दत पुर्याएको उनले बताए ।
कम्पनीका अनुसार आफ्नो गाडी कहिले कहाँ चलेको छ भनेर निगरानी गर्ने यो सिस्टमले चालक माथि फ्लिट म्यनाजेरको नियन्त्रणलाई कायम राख्न मद्दत गर्नेछ । त्यसैले ट्रीप म्यनाजेमेन्टका साथै गाडीमा हुने इन्धनको खपत घटाउन पनि सहजता भएको छ ।
कम्पनीका अनुसार सवारी साधनको सुरक्षाका लागि लोकोन्याभमा इममोबलाइजेसन फिचर लोकप्रिय हुँदै गइरहेको छ । यसबाट आफ्नो सवारी साधनलाई जुनसुकै स्थानबाट पनि लक गर्न सकिन्छ । जसले गर्दा लोकोन्याभ प्रयोगकर्ताहरुले आफ्नो गाडी सुरक्षित रहेको महसुस गरिरहेका छन् । अझै यो फिचरको सबैभन्दा फाइदा बैंक तथा वित्तीय संस्थाहरुले ऋणमा उपलब्ध गराएको सवारी साधन ट्र्याक गरी पत्ता लगाउन प्रयोग भइरहेको छ ।
तेस्रो फाइदाको भनेको लोकोन्याभबाट चालक व्यवहार अनुगमन गर्न सकिन्छ । गाडी लापरवाही ढंगले चलाएमा जनधनको क्षतिका साथै मर्मतसम्भारमा ठूलो लागत लाग्न सक्छ । त्यसैले लोकोन्याभको सिस्टम मार्फत फ्लिट म्यानाजेरहरुले चालकहरुको ब्रेकिङ शैली, एक्सेलेरेसन, रफ्तार, कर्नेरिंग जस्ता तथ्यांकहरु प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।
विद्यालयहरुले पनि स्कुल बस प्रयोग गर्ने अभिभावकहरुलाई आफ्ना बच्चाहरु स्कुलबसमा हुँदा सुरक्षित छन् भनेर आश्वाशन दिन लोकोन्याभको प्रयोग गरिरहेको कम्पनीले बताएको छ ।
चौथो फाइदा भनेको लोकोन्याभ अहिले गाडी व्यवस्थापनका लागि कुशल साथीको रुपमा प्रयोग भइरहेको छ । यस्तै पाँचौ फाइदाको रुपमा लोकोन्याभले प्रयोगकर्ताहरुलाई विश्लेषणात्मक सुविधा पनि प्रदान गर्दै आएको छ । व्यापारिक निर्णयहरुमा विशेष भूमिका निर्वाह गर्दै आइरहेको कम्पनीले जनाएको छ ।
नेपालका विभिन्न उद्योग, कारखाना, शिक्षण संस्था, यातायात व्यवसायहरुले भरोसा गरिरहेको यस लोकोन्याभबाट पाइरहेको विश्लेषणात्मक समाधानले एकदम सन्तुष्ट छन् ।