एभरेष्ट बैंकको क्यालेन्डर सार्वजनिक
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको हो ।
नेपालको कला, संस्कृति, भाषा भेषभूषा तथा पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ निरन्तर रुपमा यस्ता विषयवस्तु समेटेर क्यालेन्डर प्रकाशन गर्दै आएको बैंकले जनाएको छ ।
‘नेपालका राष्ट्रिय विभूतिहरु’ भन्ने नारा सहितको २०८० सालको क्यालेन्डर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बैंकका तर्फबाट बागमती प्रदेशका प्रादेशिक प्रबन्धक सन्तोषकुमार भट्टराई, बजार तथा संस्थागत निक्षेप प्रमुख पुष्पराज उप्रेती लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सचिव सुरेश अधिकारीले एभरेष्ट बैंकले यस्ता विषयवस्तुमा आधारित क्यालेन्डर प्रकाशन गर्नाले समग्र जातजाति, भूगोल तथा पर्यटन प्रवर्द्धनमा विशेष भूमिका निर्वाह गर्ने बताए ।