सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा अस्तित्व नेपाल फाउन्डेसनलाई आर्थिक सहयोग

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्तित्व नेपाल फाउन्डेसनलाई रु १ लाख रकम सहयोग गरेको छ । अस्तित्व नेपाल, एक गैर नाफामुखी संस्था हो, जसले २०१८ देखि एसिड तथा अग्नीजन्य हिंसा विरुद्ध काम गर्दै आइरहेको छ । साथ–साथै शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श ,सीपमा आधारित तालिम, र सचेतना कार्यक्रमहरू पनि चलाउँदै आइरहेको छ । उक्त संस्थाको सद्भावना दूत अभिनेत्री शिल्पा मास्के रहेकी छिन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रहरूमा साथ सहयोग प्रदान गर्दै आइरहेको छ ।
सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।