मिटर व्याज पीडितकाे माग सम्बोधन गर्न भन्दै सरकारले गठन गर्यो समिति

काठमाडौं । मिटर व्याज पीडितकाे माग सम्बोधन गर्न भन्दै सरकारले एक समिति गठन गरेको छ। मंगलबार गठन गरिएको समिति संयोजकमा गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा नियुक्त भएकी छिन्। उनी सँगै थप चार जना सदस्य रहने छन्।
गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जङ्गबहादुर डुङ्गालाई सदस्य तोकिएको छ।
मिटर ब्याज पीडितका समस्या, त्यसको निराकरणको उपायको बारेमा सरकारलाई परामर्श दिनु पर्ने समितिलाई म्यान्डेट दिइएको छ। समितिले सोही विषयमा पीडितहरूसँग कुराकानी गर्ने छ। उनीहरूसित गरिएको कुराकानीको आधारमा के कस्तो विषय सम्बोधन गर्नु पर्ने हो समितिले सरकारलाई सुझाउने छ। समितिले सुझाएको विषयहरूलाई नै आधार बनाएर सरकारले उनीहरूको माग सम्बोधन गर्ने छ।